माननीय सांसद जय कुमार राईसंगको अनौपचारिक भेटघाट।

Published by admin on

Mananiya Jay Kumar Rai

माननीय सांसद जय कुमार राईसंगको अनौपचारिक भेटघाट।

गत हप्ता शनिबार २ जुलाई २०२२ को दिन धरान समाज युकेका पदाधिकारीहरुले धरान १५ निवासी तथा सुनसरी क्षेत्र नम्बर १ का माननीय सांसद श्री जय कुमार राईसंग अनौपचारिक भेटघाट साथै छोटो मिठो अन्तरक्रिया गर्ने सौभाग्य प्रात गरेको थियो। उक्त दिन अल्डर्शट स्थित ओजोन रेस्टुरेण्टमा दिनको २:३० देखि बेलुकीको करिब ६ बजेसम्म भेटघाटको कार्यक्रम रहेको थियो। सरकारी कार्यको सिलसिलामा केहि दिन अघि मात्र युके आइपुग्नु भएका माननीय सांसद ज्युलाई समाजका अध्यक्ष किरण कुमार सुब्बाले स्वागत गर्दै आफ्ना केहि मन्तब्य साथै धरान समाज युकेको स्थापना किन र के का लागि भनेर छोटो जानकारी दिएका थिए। त्यसपछि भने माननीय सांसद ज्युलाई खादा अर्पण गर्ने क्रम रहेको थियो जसमा समाजका अध्यक्ष साथै उपस्थित पदाधिकारीहरुले क्रमश रुपमा खादा लगाइदिएर माननीय ज्युलाई स्वागत गरेका थिए। अन्तरक्रिया गर्ने क्रममा माननीय सांसद ज्युले धरान साथै सुनसरी क्षेत्र नम्बर १ मा के कस्ता बिकास कार्यहरु सम्पन्न भए, अझै के कस्ता आयोजनाहरु हुन लागेका छन् आदि बारे रोचक जानकारी गराउनु भएको थियो । बिशेषत: २०७४ साल देखि धरानमा पक्कि सवारी पुलहरु, धरानलाई छेउछाउको गाउपालिकाहरुसित जोड्नको निम्ति कच्ची अनि पक्कि बाटोहरुको निर्माण भएको र हुदै गरेको अवस्था हामीले देख्न सक्छौ, जुन माननीय सांसद जय कुमार राई ज्युकै कुशल निर्देशन र पहलकदमीमा हुन गएको भन्ने कुरामा दुई मत नहोला भन्न सकिन्छ। अन्तरक्रिया तथा जानकारी दिने क्रमको समापन पछि, धरान समाज युकेको तर्फबाट अध्यक्ष किरण कुमार सुब्बाले माननीय सांसद ज्युलाई ‘मायाको चिनो’ प्रदान गरेका थिए। त्यसपछि भने, समूह फोटो खिच्ने अनि मिठो खानपिन साथै जलपान र अनौपचारिक गफगाफको क्रम शुरु भएको थियो। अन्तमा, माननीय सांसद ज्युलाई आफ्नो ब्यस्त सेडुयुअलको बाबुजद पनि केहि समय उपलब्ध गराई उक्त अनौपचारिक भेटघाटको कार्यक्रममा उपस्थित भई दिनु भएको खण्डमा धरान समाज युके हार्दिक आभार ब्यक्त गर्दछ। साथै ओजोन रेस्टुरेण्टलाई पनि उक्त कार्यक्रममा मिठो खानपिनको प्रयोजन गरिदिएकोमा धरान समाज युके धन्यवाद साथै हार्दिक आभार प्रकट गर्दछ।
जय धरान समाज युके !!!

Categories: Latest News