धराने भेला – ४ जुन २०२२ स्विन्डन (डि एस यु के)

Published by admin on

धराने भेला २०२२ … धरान समाज युकेले हरेक बर्ष आयोजना गर्ने – धराने भेला दुइ बर्षको अन्तराल पछि गत साता शनिबार ४ जुन २०२२ को दिन स्विन्डन स्थित बकहर्स्ट पार्क कम्युनिटि सेन्टरमा बिभिन्न मनोरन्जनात्मक कार्यक्रम, पारिवारिक भेट्घाट अनि मिठो खानपानको साथमा सफलतापुर्बक सम्पन्न भएको छ।

अपरान्ह्को १ बजे देखि शुरु भएको कार्यक्रम बेलुकिको करिब १० बजेसम्म चलेको थियो । दिउसोको ठिक ३ बजे, बरि्ष्ठ उपाध्यक्ष रमेश लिम्बुले सेफ्टि ब्रिफिङ दिए पश्चात ज्येष्ठ नागरिक श्रीमति ईन्दिरा लिम्बु अनि बरिश्ठ सल्लाह्कार पदम राई (बिईएम) ले पानसमा दिप प्रजवलन गरि उक्त दिनको औपचारिक कार्यक्रम शुरु भएको थियो । त्यसपछि कोभिड-१९ को कारण्ले गत दुई बर्षमा निधन हुनु भएकाहरुको दिवन्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनट मौनधारण गरेर हार्दिक श्रद्धान्जलि पनि प्रकट गरेको थियो । त्यसपछि भने नेपाल अनि बेलायतको राष्ट्र गीत बजाएर उक्त दिनको कार्यक्रमलाई अघि बढाएको थियो ।

धरान समाज युकेको आतिथ्यलाई स्विकार गरि पाल्नु भएका बिशिष्ट पाहुनाहरु क्रमशः चन्द्र बहादुर राई (किरात राई यायोख्या युके), श्रीमान/श्रीमति कैलाश काम्बाङ (पाचंथर सेवा समाज युके), श्रीमति आशा सुब्बा (अध्यक्ष किरात याक्थुङ चुम्लुङ, स्विन्डन शाखा) अनि मिस्टर डेभिड (मेनेजर बक्हर्स्ट पार्क कम्युनिटी सेन्टर) हरुलाई समाजका अध्यक्ष किरण कुमार सुब्बा र सामाजिक सचिव चन्दा लिम्बुहरुले खादा, ब्याज लगाईदिएर कार्यक्रममा स्वागत गरेका थिए ।

त्यसपछि भने पाहुनाहरुले आआफ्नो छोटो मन्तब्य ब्यक्त गर्नु भएको थियो। धरान समाज युकेले प्रत्येक पल्ट शैक्षिक बर्ष साथै कुनै पनि क्षेत्रमा असाधारण उपलब्धि प्राप्त गर्नु हुनेहरुलाई बधाई तथा सम्मान दिने क्रममा डाक्टर सुजन राई (सुपुत्री श्रीमान/श्रीमति नेपालधन राई), डाक्टर दिपेनहाङ लिम्बु (सुपुत्र श्रीमति नेत्रकला लिम्बु) अनि हालै नेपालमा सम्पन्न भएको हिमालयन एक्स्ट्रिम ट्राएथलनमा दशौ स्थानमा आउन सफल हुन भए्का सन्तोष राईहरुलाई सम्मानपत्र बितरण साथै समाजका अध्यक्षले बधाई दिएका थिए ।

त्यसपछि भने गत १२ मार्चमा सम्पन्न भएको बार्षिक साधारण सभाद्धारा मनोनित हुनु भएका सल्लाहकारहरुलाई सम्मान गर्ने क्रममा पदम राई (बिईएम), राजु लिम्बु, खड्कहाङ लिम्बु,, गङ्गाराम सुब्बा, सुर्यमान गुरुङ र अमर गुरुङ्हरुलाई खादा, ब्याज लगाईदिएर सम्मान गरेका थिए। यसको साथै उक्त दिनको औपचारिक कार्यक्रम समापान भएको थियो जसलाई समाजका महासचिव डा महा राईले सफलतापुर्बक सन्चालन गरेका थिए।

औपचारिक कार्यक्रमको समापान पछि मनोरन्जनको कार्यक्रम शुरु भएको थियो, जस्माः सुजन लिम्बु, सुशज योन्जन, सुनिता लिम्बु (थेबे), किरण कु सुब्बाहरुले केहि सुमधुर नेपाली गीतहरु प्रस्तुत गरि दर्शकहरुलाई भर्पुर मनोरन्जन गराएका थिए । साथै पारस राना मगरले पनि ‘धराने स्टाएल प्रहसन’ गरि दर्शकहरुलाई हसाउन सफल भएका थिए । त्यस्तै प्रकारले मनोरन्जन खेल खेलाउने क्रममा भास्कर राई, महा राई (पि एच डी) अनि प्रशान्त राईहरुको टोलिले बिङ्गो, राफल चिठ्ठा आदि खेलाएर भर्पुर मनोरन्जन गराएका थिए ।

यस पछि भने बेलुकिको डिनर पश्चात डिजे भास्करको डिस्को म्युजिकको तालमा ककटेल डान्स गर्दै उक्त दिनको सम्पुर्ण कार्यक्रम करिब १० बजेतिर समापन भएको थियो। अन्तमा, यो बर्षको ”धराने भेला” लाई भब्य रुपमा सफल बनाउन सहयोग गर्न हुनेहरु कमिटीका सदस्यहरु, अन्य सदस्यहरु बिशेषतः स्विन्डनबासी दाजुभाई, दिदीबैनिहरु र भेलामा उपस्थित भएर कार्यक्रमलाई सफल बनाईदिन हुने सम्पुर्ण सदस्यहरु प्रति धरान समाज युके हार्दिक आभार प्रकट गर्दछ साथै फेरि पनि अर्को बर्ष अवश्य भेटनेछौ ।

जय धरान समाज युके!!!