धरान समाज युकेको ‘बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छेठौ) गठन ।

Published by admin on

धरान समाज युकेको बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छेठौ) गठन

धरान समाज युकेले हिजो शनिबार १४ मार्च २०२० को दिन साउथ ह्यारो लण्डन अवस्थित ‘राफा विण्ड्सक’ क्लब’ मा बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छैठौ) गठन सफलतापुर्बक सम्पन्न गरेको छ । अपरान्हको करिब ३ बजे देखि शुरु भएको उक्त कार्यक्रम बेलुकीको करिब ९:३० बजेतिर समाप्त भएको थियो । दुई भागमा बिभाजन गरिएको उक्त दिनको कार्यक्रमको पहिलो सेसनमा समाजका अध्यक्ष सूर्यमान गुरुङको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यकमलाई महासचिव खड्कहाङ्ग लिम्बुले सफलतापुर्बक संचालन गरेका थिए । महासचिवले समाजको बार्षिक प्रगति बिवरण पेश गर्नुको साथै कोषाध्यक्ष अनि खेलकुद सचिवको अनुपस्थितिमा समाजको आर्थिक प्रतिबेदन साथै खेलकुदको बार्षिक प्रगति बिवरण पनि प्रस्तुत गरेका थिए । जुन प्रतिबेदन अनि प्रगति बिवरणलाई उपस्थित सबैजनाले सहमति गरे पश्चात अनुमोदन गरेका थिए । विभिन्न बुँदाहरुमा छलफल गरे पश्चात करिब ५ बजे तिर पहिलो सेसनको अन्त हुनुको साथै समाजको अध्यक्ष सूर्यमान गुरुङले अर्को सेसनको निम्ति ३ सदस्य निर्वाचन समितिका प्रमुख राजु लिम्बुलाई हस्तान्तरण गर्नुका साथै बर्तमान कार्यसमिति भंग भएको घोषणा गरेका थिए । त्यस पश्चात दोश्रो सेसनको अध्यक्ष्यता ग्रहण गर्दै राजु लिम्बु साथै वहाँको सहयोगीहरु अशोक लिम्बु र बिष्णु तामांगको टिमले निर्वाचनको प्रक्रियालाई अघि बढाउदै समाजको रिक्त रहेको विभिन्न पदहरुमा उम्मेदवारी दर्ताको निम्ति आह्वान गरेका थिए । केहि बेर पछि निर्वाचन प्रक्रियाको सम्पूर्ण कार्यहरु समाप्त भै धरान समाज युकेको छैठौ कार्यसमितिको निम्ति १५ सदस्यीय समिति (हालको निम्ति) सफलतापुर्बक चयन/गठन भएको घोषणा निर्वाचन प्रमुख राजु लिम्बुले गर्नु भएको थियो, जस अनुसार:

किरण कुमार सुब्बा – अध्यक्ष

रमेश लिम्बु – बरिष्ठ उपाध्यक्ष

निकेश लिम्बु – उपाध्यक्ष

(रिक्त) – उपाध्यक्ष (महिला)

डा. माहा राई – महासचिव

जीवन मगर – सहसचिव

(रिक्त) – कोषाध्यक्ष

लता लिम्बु – सह-कोषाध्यक्ष

चन्दा लिम्बु – सामाजिक सचिव

भास्कर राई – संस्कृति सचिव

पारस राना मगर – खेलकुद सचिव

केशर बहादुर गुरुङ – कार्यसमिति सदस्य

ईन्दु लिम्बु – कार्यसमिति सदस्य

समिर राई – कार्यसमिति सदस्य

कल्याण लिम्बु – कार्यसमिति सदस्य

अनिल राई – कार्यसमिति सदस्य

किरण शर्मा – कार्यसमिति सदस्य

वेबमास्टर – प्रेम तमाङ्ग

छैठौ नयाँ कार्यसमितिको घोषणाको समापन संगै निबर्तमान अध्यक्ष सूर्यमान गुरुङले नयाँ कार्यसमितिको सदस्यहरुलाई बधाई ज्ञापन गर्नका साथै खादा लगाइदिएर सफल कार्यकालको निम्ति शुभकामना ब्यक्त गरेका थिए । साथै वहाँको धर्मपत्नी शशि गुरुङले निर्वाचन समिति सदस्यहरु क्रमश: राजु लिम्बु, अशोक लिम्बु अनि बिष्णु तामांगलाई पनि खादा लगाइदिएर धन्यवाद ज्ञापन गर्नु भएको थियो । त्यस पश्चात निबर्तमान अध्यक्ष ज्युले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन साथै बिदाइको केहि शब्द बोलेका थिए भने नयाँ अध्यक्ष किरण कुमार सुब्बाले सम्पूर्णलाई स्वागत साथै आउने दिनहरुमा पनि बिगतमा जस्तै सबैबाट सहयोग अनि शुभेक्षा लिएर हातेमालो गर्दै धरान समाज युकेलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका थिए । त्यस पछि भने सामुहिक तस्बिर खिच्ने क्रम शुरु भएको थियो । त्यसको केहि बेर पछि समाजको सहयोगी क्रन्दन राई अनि सहयोगीहरुद्वारा तैयार गरिएको मिठो भोजन (मेसिङ्ग) को रस्वादन गर्दै अन्तमा केहि बेर नाचगानको क्रम चले पछि उक्त दिनको सम्पूर्ण कार्यक्रम बेलुकीको ९:३० बजे समाप्त भएको थियो । धरान समाज युके उक्त दिनको कार्यक्रममा उपस्थित भै सफल बनाईदिनु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछ ।

जय धरान समाज युके !!!