”ब्लाइण्ड रक्स” सर्वोक्रिस्ट फिल्म घोषित

Published by admin on

”ब्लाइण्ड रक्स” सर्वोक्रिस्ट फिल्म घोषित । गएको हप्ता काठमाडौँमा सम्पन्न भएको ”राष्ट्रिय चलचित्र पुरस्कार” समारोहमा धरान समाज युकेका उपाध्यक्ष निकेश लिम्बुको निर्माणमा बनेको नेपाली चलचित्र ‘ब्लाइण्ड रक्स’ ले बर्ष २०७४ को सर्वोक्रिस्ट फिल्मको उपाधि जित्न सफल भएको छ । सोहि चलचित्रबाट उत्कृष्ट निर्देशकमा मिलन चाम्स राई अनि उत्कृष्ट नायिकामा बेनिषा हमालले पनि उपाधि जित्न सफल भएका छन् । राष्ट्रपति भवनमा आयोजना गरिएको उक्त बिशिस्ट समारोहमा उक्त फिल्मको निर्माता निकेश लिम्बु बिशेस कारणबश उपस्थित हुन नसके पनि निर्माताको पुरस्कार महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट निर्देशक मिलन चाम्स राईले थापेका थिए । बेलायतमा रहे पनि नेपाली चलचित्र क्षेत्रलाई सधै माया गर्दै चलचित्र ‘हसिया’ (सह निर्माता), ‘रातो घर’, ‘ब्लाइण्ड रक्स’ हुदै हाल ‘हृदय भरि’ को निर्माणमा ब्यस्त निकेश लिम्बुलाई निरन्तर यसरी नै उर्जा र सफलता प्राप्त होस अनि चलचित्र ‘ब्लाइण्ड रक्स’ को सफलताको अवसरमा निर्माता निकेश लिम्बु साथै ब्लाइण्ड रक्स टिमलाई धरान समाज युकेका अध्यक्ष सूर्यमान गुरुङ साथै समाजका पदाधिकारीहरु र सम्पूर्ण सदस्यहरुबाट हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । धन्यवाद/नमस्ते ।