Singar and actress – Bishnu Chemjong

Published by admin on

लोकप्रिय गायिका तथा नायिका बिष्णु चेम्जोङ्गलाई धरान समाज युकेको सम्मान … २०७४ नेपाली नयाँ बर्षको उपलक्ष्यमा शुभकामना साँझ कार्यक्रममा भाग लिन युके आउनु भएकी लोकप्रिय गायिका तथा नायिका बिष्णु चेम्जोङ्गलाई हिजो साँझ (23 APR 2017) साउथ ह्यारो लण्डन अवस्थित ह्यारो फूटबल क्लबमा भव्यताको साथ सम्पन्न भएको उक्त कार्यक्रममा धरान समाज युकेले मायाको चिनो साथै प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको छ … सन् २००६ मा नेपाल अधिराज्यब्यापी सम्पन्न रियालिटी शोमा ‘नेपाल स्टार’ को उपाधि जित्न सफल बनेकी धरान १६ की स्थायी बासिन्दा बिष्णु चेम्जोङ्ग त्यस यता लगातार रुपमा नेपाली संगीत क्षेत्रमा आफ्नो योगदान दिदै आईरहेकी र पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा समेत आफ्नो अभिनय मार्फत दर्शक सामु छाउन सफल बनेकीमा उनको सोहि प्रतिभाको कदर गर्दै धरान समाज युकेको अध्यक्ष गङ्गाराम सुब्बाको अनुपस्थितिमा समाजको उपाध्यक्ष प्रशन्न राईले मायाको चिनो साथै महासचिव खड्कहाङ्ग लिम्बुले प्रशंसा पत्र प्रदान गरि उनको सम्मान गरेका हुन् … उक्त छोटो मिठो सम्मान कार्यक्रमको अवसर प्रदान गर्नु हुने ‘पिस ईण्टरटेन्मेण्ट’ प्रति धरान समाज युके हार्दिक कृतज्ञता ब्यक्त गर्दछ … जय धरान समाज युके !!!

Categories: BlogOthers

This will close in 10 seconds