Dharan sub-Metropolitan Mayor’s drinking water project (DDWP) – hand over program.

Published by admin on

सम्पुर्ण धरान समाज यू. के. मा आबद्ध दाजुभाई, दिदीबहिनीहरूमा नमस्कार🙏,

**तपाईहरूको जनकारीको लागी **
आज जनवरी २८ तारिक सनिबार बिहान क़रीब ११ बजेको समयमा हाल धरानमा रहनुभएका हाम्रा धरान समाजका यू. के. प्रतिनिधि निर्मल गुरुङ, अमर गुरुङ, किरण शर्मा र खड्का हाँङ्ग् लिम्बु ज्यूहरूको टिमले धरानका मेयर हर्क सम्पंग र वहाँको टिमलाई सर्दु खला अन्तर्गत बेसार फ्कट्ररीको श्रंम परिसरमा भेंट गरि सहयोग रक़म हस्तान्तरण गरि सकिएको जानकारी गराउदछौं। यस् हस्तान्तरण कार्यक्रमको प्रतक्क्षय प्रसारण क्लिक धरानले यूटूब मार्फ़त अपलोड गरेकोछ।

जम्मा रू. १६ लाख, ८१ हजार ५०० रूपैया हस्तान्तरण गरिएकोछ।

धन्यबाद् 🙏 जय् धरान ✊

किशोर राई
कोष अध्यक्ष
ध. स. यू. के.