DSUK AGM 2018 succesfully concluded

Published by admin on

धरान समाज युकेले हिजो २४ मार्च २०१८ शनिबारको दिन साउथ ह्यारो लन्डन अवस्थित आर ए एफ एसोसियन विण्ड्सक क्लबमा बार्षिक साधारण सभा सफलतापुर्बक सम्पन्न गरेको छ … हिजो बसेको बार्षिक साधारण सभामा कार्यबाहक अध्यक्ष सूर्यमान गुरुङको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यकारिणी समिति (पाँचौ) को गठन पनि गरेको छ … धरान समाज युकेको चौथो कार्यकारिणी समितिले बसेको बार्षिक साधारण सभा पहिलो र दोश्रो सत्रमा विभाजित गरि भएको थियो जसलाई समाजका महासचिव खड्कहाङ्ग लिम्बुले संचालन गरेका थिए … अपरान्हको करीब २ बजे बाट शुरु भएको सभामा महासचिवले अध्यक्ष लगायत समाजका कार्यकारिणी सदस्यहरु, सल्लाहकारहरु र अन्य सदस्यहरुलाई आसन ग्रहण गराएका थिए … त्यसपछि औपचारिक रुपमा समाजका कार्यवाहक अध्यक्ष सूर्यमान गुरुङले साधारण सभामा उपस्थित हुनु भएको सम्पूर्णलाई हार्दिक स्वागत तथा धन्यवाद ज्ञापन गर्दै आजको साधारण सभा सम्बन्धी प्रकाश पारेका थिए … त्यस पछि महासचिवले समाजको बार्षिक प्रगति बिवरण प्रस्तुत गरेका थिए जसलाई सभामा उपस्थित सम्पूर्णले तालि बजाएर अनुमोदन गरेका थिए … त्यस्तै समाजको बार्षिक आर्थिक प्रतिबेदन पनि बिशेष कारणले गर्दा महासचिवले नै बिस्तृत रुपमा पेश गरेका थिए त्यसलाई पनि सभामा उपस्थित सबै जनाले समर्थन जनाउदै तालि बजाएर अनुमोदन गरेका थिए … त्यस पछी भने महासचिवले धरान समाज युकेको खेलकुदको बिवरण साथै २३ जुन अल्डरसटमा आयोजना हुन गैरहेको यस बर्षको ‘धराने भेला’ सम्बन्धि छोटो मिठो जानकारी दिएका थिए … धरान समाज युकेले निकट भविष्यमा धरानको भानुचोकमा निर्माण गर्ने भनेको ‘आकासे पुल’ सम्बन्धि के कति कारणहरुले गर्दा समाजले उक्त निर्माण कार्यलाई स्थगित गर्न परेको भन्ने बारेमा प्रमुख संयोजकको हैसियतमा उमेशराज मोक्तानले थप जानकारी प्रस्तुत गर्नका साथै उक्त कार्यको निमित सहयोग स्वरुप हाल सम्म उठेको चन्दा रकम चन्दादाताहरुलाई के, कस्तो किसिमले फिर्ता गर्ने भन्ने बारेमा पनि थप बहस चलेको थियो … स्मरण रहोस – नेपाल सरकारको सडक बिभाग र धरान उपमहानगरपालिकाको अर्कनमन्यता अथवा बिराटनगर देखि धरानको भानु चोक हुदै कोशी राजमार्गमा जोडिने भनेको ४ अथवा ६ लेनको सडक बिस्तारको कार्य अझै सम्म ठोस निर्णय र टुंगो नलागेको अवस्थाले गर्दा उक्त निर्माण कार्यको निम्ति विदेशमा अनेक दुख गरि उठाएको चन्दा रकम ‘बालुवामा पानी हाले झैँ हुने साथै उक्त निर्माण कार्य पनि अधुरो’ हुने भएकोले मिति ७ जनवरी २०१८ को दिन फेल्थाम लन्डनमा बसेको बैठकले उक्त ‘आकासे पुल’ को निर्माण कार्यलाई स्थगित गरि सहयोग स्वरुप उठेको चन्दा रकम चन्दादातालाई नै फिर्ता गराउने निर्णय गरि सकेको छ … यस सम्बन्धमा ब्यापक बहस र केहि महत्वपुर्ण निर्णय गरे पछि भने महासचिवले पहिलो सत्र टुङ्गेको घोषणा गर्दै केहि बेरको निम्ति बिश्राम गरे पछि दोश्रो सत्रमा जानु अघि धरान समाज युकेको ‘पाचौ कार्यकारिणी समिति’ को छनौटको निम्ति ३ जनाको ‘निर्वाचन समिति’ गठन भएको जानकारी गराएका थिए जसमा किरात राई यायोख्याका निबर्तमान अध्यक्ष पदम राई साथै समाजका भूपू अध्यक्षद्धय राजेन लिम्बु र राजु लिम्बु रहेका थिए … त्यसपछि भने समाजका कार्यवाहक अध्यक्षले निर्वाचन समितिको स्वीकृति लिई धरान समाज युकेको चौथो कार्यकारिणी समिति भंग भएको घोषणा गरे लगतै निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाएका थिए जसमा विभिन्न पदहरुको आवश्यक दस्तुर रकम तिरी समाजको लागि ‘केहि गर्छु’ भन्ने अठोट लिएका उम्मेदवारहरुले स्वेच्छाले आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए … उम्मेदवारी परेको केहि समय पछि निर्वाचन समितिका अध्यक्ष पदम राईले निर्वाचनको परिणाम सुनाउने क्रममा २५ जनाको पाँचौ कार्यकारिणी समितिको सफलता पुर्बक गठन भएको जानकारी गराएका थिए जस अनुसार निम्न लिखित व्यक्तिहरु धरान समाज युकेको पाँचौ कार्यकारिणी समितिमा छनौट हुन सफल भएका छन्:
अध्यक्ष – सूर्यमान गुरुङ
बरिष्ठ उपाध्यक्ष – किरण कु. सुब्बा
उपाध्यक्ष – रमेश लिम्बु
उपाध्यक्ष – प्रशन्ना देवान राई
उपाध्यक्ष – निकेश लिम्बु
महासचिव – खड्कहाङ्ग लिम्बु
सहसचिव – महा राई
कोषाध्यक्ष – मिरा गुरुङ
सहकोषाध्यक्ष – लता लिम्बु
खेलकुद सचिव – निर्मल गुरुङ
सहखेलकुद सचिव – किरण शर्मा
सामाजिक सचिव – चन्दा लिम्बु
सांस्कृतिक सचिव – भास्कर राई
जनसम्पर्क सचिव – शशि थापा सुब्बा
कार्यकारिणी सदस्य – धुर्ब लिम्बु
कार्यकारिणी सदस्य – इन्दु कला लिम्बु
कार्यकारिणी सदस्य – देश बहादुर गुरुङ
कार्यकारिणी सदस्य – अन्जान गुरुङ
कार्यकारिणी सदस्य – बिमल प्रधान
कार्यकारिणी सदस्य – श्री कुमार राई
कार्यकारिणी सदस्य – किशोर राई
कार्यकारिणी सदस्य – बिनोद कुमार राई
कार्यकारिणी सदस्य – पृथ्वीराज राई
कार्यकारिणी सदस्य – अशोक देवान
कार्यकारिणी सदस्य – धन तामांग
निर्वाचन परिणामको लगतै पछि निर्वाचित सम्पूर्ण नयाँ पदाधिकारीहरुलाई निर्वाचन समितिको सदस्य राजेन लिम्बुले समाजको कार्यमा निष्ठापुर्बक रही आआफ्नो पदको गोयानियताको सपथ ग्रहण गराएका थिए … त्यसपछि भने बधाई ज्ञापन अनि समूह फोटो लिए पछि बेलुकीको मिठो भोजनको क्रम चलेको थियो र अन्तमा हल्का नाचगान गरे पछि त्यस दिनको सम्पूर्ण कार्यक्रम ९:३० बजे समाप्त भएको थियो … जय धरान समाज युके !!!

Categories: BlogMeeting