DSUK AGM and Convention 2022.

Published by admin on

धरान समाज युकेले आफ्नो बार्षिक साधारण सभा र अधिबेशन गत शनिबार १२ मार्च २०२२ को दिन स्विण्डन स्थित बकहर्स्ट कम्युनिटी सेन्टरमा सफलताको साथ सम्पन्न गरेको छ।अपरान्हमा केहि ढिलो जस्तो अथवा २:३० बजे देखि शुरु भएको उक्त दिनको सभा/अधिबेशन दुई सेसनमा विभाजित गरि लगातार ३ घण्टासम्म चलेर ५:३० बजे समाप्त भएको थियो। समाजका अध्यक्ष किरण कुमार सुब्बाको अध्यक्षतामा शुरु भएको उक्त दिनको कार्यक्रमलाई महासचिव डाक्टर महा राईले सुचारु रुपले संचालन गरेका थिए। समाजका बरिष्ठ उपाध्यक्ष रमेश लिम्बुले उक्त दिनको कार्यक्रममा आउनु भएको सदस्यहरु, ज्येष्ठ सदस्यहरु सम्पूर्णलाई कार्यक्रममा स्वागत गर्दै छोटो मिठो मन्तब्य राखेका थिए। त्यसपछि, समाजको बिगत २ बर्षको गतिबिधि अनि के कस्ता कार्यहरु भए त्यस बारेमा महासचिवले पावर पोइण्टको माध्यमबाट प्रगति बिवरण पेश गरेका थिए।  जसलाई सम्पूर्णले तालि बजाएर अनुमोदन गरेका थिए।सहकोषाध्यक्ष लता लिम्बुले पनि समाजको आर्थिक बिवरण पेश गरेका थिए, अनि सोहि अनुरुप सम्पूर्णको समर्थनमा अनुमोदन पनि गरेका थिए।  खेलकुद सचिव पारस राना मगरले समाजले बिगत बर्षहरुमा आयोजना गर्दै आएको बुढासुब्बा गोल्ड कप केहि बर्ष कोभिड-१९ को कारणले अवरुद्ध हुन पुगे पनि यो बर्ष आयोजना गर्ने हो भने के कसरी गर्न सकिन्छ भनेर फ्लोरमा राय माग्दा सम्पूर्णले यो प्रतियोगितालाई निरन्तरता दिनु पर्छ भन्ने निष्कर्ष आएको हुनाले धरान समाज युकेले बुढासुब्बा गोल्ड कप फूटबल प्रतियोगितालाई निरन्तरता दिने निर्णय पनि गरेको छ। 

कार्यक्रमको दोश्रो सेसनमा हालको कार्यसमितिको (छैठौ) कार्यकाल भरि कोभिड-१९ को कारणले केहि कार्यक्रमहरु अधुरा रहेको हुनाले थप ६ महिना अवधि बढाउदा के कस्तो होला भनि प्रस्ताव पेश गर्दा फ्लोरमा भएका सम्पूर्ण सदस्यहरु साथै पूर्व अध्यक्षहरु राजेन लिम्बु, राजु लिम्बु, सूर्यमान गुरुङ, उमेशराज माेक्तान अनि ज्येष्ठ सदस्य श्रीमति नरकुमारी लिम्बु सबैजनाले आआफ्नो अमुल्य मत राख्नु भै अन्तमा अहिलेको कार्यसमितिलाई ६ महिनाको अवधि थप गर्ने भनि उक्त प्रस्तावलाई सर्बसम्मतले पास पनि गरेको छ ।  त्यसै अनुरुप छैठौ कार्यसमितिमा केहि पदहरुको पदपूर्ति गर्न पर्ने भएकोले उक्त दिन निम्न लिखित महानुभावहरुलाई मनोनित गरि, समाजको बिधान अनुसार समाजका अध्यक्षले सपथ ग्रहण पनि गराएका थिए । जस अनुसार:

उपाध्यक्ष (महिला ) – श्रीमति चन्द्रकला लिम्बु

कोषाध्यक्ष – किशोर राई

सहसचिव – प्रशान्त राई

सहसचिव खेलकुद – अनिल राई

कार्यकारिणी सदस्य – बिमल राई

कार्यकारिणी सदस्य पृथ्वी राई

कार्यकारिणी सदस्य – लक्ष्मी चोङ्गबाङ्ग लिम्बु

त्यस्तै क्रमले उक्त दिनको अधिबेशनले निम्न लिखित महानुभावहरुलाई पनि धरान समाज युकेको सल्लाहकारमा मनोनित गरेको सहर्ष जानकारी गराउदछौ:

सूर्यमान गुरुङ

गंगाराम सुब्बा

राजेन लिम्बु

राजु लिम्बु

उमेशराज मोक्तान

खड्कहाङ्ग लिम्बु

भक्त लिम्बु

श्रीमति नरकुमारी लिम्बु

धुर्ब लिम्बु

अमर गुरुङ

अन्तमा, बेलुकीको खानपिन दाउरामा पकाएको पल्टने स्टाइलको”  स्वादिलो मेसिङ्ग ग्रहण गरे पश्चात उक्त दिनको सम्पूर्ण कार्यक्रम बेलुकीको करिब ९ बजे समाप्त भएको थियो।  उक्त दिन कार्यक्रममा आफ्नो व्यस्ततालाइ पन्छाएर समाजको कार्यक्रममा उपस्थित भई अमुल्य सल्लाह सुझाव दिएर सफल बनाइदिनु हुने सम्पूर्ण सदस्यहरु साथै अन्य कार्यमा खटिनु हुने सम्पूर्ण साथीभाईहरु साथै दिदीबहिनीहरुमा धरान समाज युके हार्दिक आभार प्रकट गर्दछ। 

जय धरान समाज युके !!

Categories: Blog