7th Budha Subba Gold Cup 2018: Veteran Winner: Ilam FC, Runner-up: Tidbul & Super Veteran Winner: Kent FC, Runner-up: Dharan FC

Published by admin on

सातौ बुढासुब्बा गोल्ड कप (युके) – धरान समाज युकेले प्रत्येक बर्ष आयोजना गर्ने ”बुढासुब्बा गोल्ड कप (युके)” एक दिवसीय फूटबल टुर्नामेन्टको सातौ संस्करण हिजो १ सेप्टेम्बर २०१८ शनिबारको दिन स्प्रिङ्ग्वेस्ट एकाडेमीको खेलमैदानमा सफलता पुर्बक सम्पन्न गरेको छ .. लिग कम नक् आउटको आधारमा खेलाएको उक्त प्रतियोगितामा भेट्रन क्याटोगरी तर्फ ईलाम एफ सीले १ गोलको बिरुद्ध २ गोल गरि टिडबुल एफ सीलाई पराजित गरि सातौ बुढासुब्बा गोल्ड कपको उपाधि चुम्न सफल भए भने सुपर भेट्रन तर्फ एफ सी केन्टले डि एफ सी (धरान फूटबल क्लब) लाई टाई ब्रेकरमा २-० गोल गरि उपाधि चुम्न सफल भएका थिए … दुवै बिजेता टिमका खेलाडीहरुलाई धरान समाज युकेका अध्यक्ष सूर्यमान गुरुङ साथै समाजका विभिन्न पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए .. बिहानको करिब १० बजेबाट शुरु भएको उक्त प्रतियोगिता बेलुकीको ७ बजे सम्पन्न भएको थियो जसलाई समाजका महासचिव खड्कहाङ्ग लिम्बुले सफलतापुर्बक संचालन गरेका थिए भने उक्त प्रतियोगिताको सम्पूर्ण संयोजन समाजका खेलकुद सचिव निर्मलदास गुरुङले गरेका थिए … अन्तमा, यस प्रतियोगितामा भाग लिई सफल पारिदिनु हुने सम्पूर्ण टिमहरु, प्रायोजकहरु, समाजका पदाधिकारीहरु, दिनभरी ब्यस्त रही खटिनु हुने स्वयंसेवकहरु अनि ‘चटपटे’ स्टल संचालन गरि त्यसबाट उठेको सम्पूर्ण रकम समाजलाई सहयोग स्वरुप प्रदान गर्नु हुने शशि गुरुङ, कमला लिम्बु, सुनिता राई, रेणु राई अनि लक्ष्मी तामांग प्रति धरान समाज युके हार्दिक आभार ब्यक्त गर्दछ … जय धरान समाज युके !!!

Categories: BlogEvents