भावपूर्ण श्रद्धाञ्जलि !

Published by admin on

भावपूर्ण श्रद्धाञ्जलि,

धरान समाज युकेका साधारण सदस्य मेजर (रिटायर्ड) सचिनहाङ्ग लिम्बुको (७ जी आर/ २ आर जी आर) बेलायतको अक्सफोर्ड शहरमा बसोबास गर्नु हुने पुजनीय पिता स्व: श्री भक्त बहादुर सेरेङ्ग चोङ्गबाङ्ग (भू पु २११३९६२९, १/१० जी आर) अनि ममतामयी माता स्व: श्रीमती मना देवी श्रेष्ठ सेरेङ्ग चोङ्गबाङ्गको अक्सफोर्ड जे आर अस्पतालमा उपचारको क्रममा क्रमश: मिति २० जनवरी २०२१ र ०८ फेब्रुअरी २०२१ को दिन वहाँहरु दुवै जनाको असामयिक निधन हुन गएको खबरले धरान समाज युकेका सम्पूर्ण सदस्यहरु स्तब्ध हुनका साथै शोकाकुल भएका छौ। यस दुखद घडीमा परिवारका सम्पूर्ण सदस्यहरुलाई धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्दै दिवंगत आत्माहरुको चिरशान्तिको कामना साथै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौ।
किरण कुमार सुब्बा (अध्यक्ष)
साथै सम्पूर्ण सदस्यहरु
धरान समाज युके

Categories: BlogObituary

This will close in 10 seconds